Logo
३ मंसिर २०८१, सोमबार
(March 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजारमा ‘नेगेटिभ सर्किट ब्रेक’ : आज ९६ अंकले घट्यो

काठमाडौं : सोमबार सेयर बजारमा दुई पटक ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ ।

दुईसाता अघि अर्थमन्त्रीमा गुवराज खतिवडा नदोहोरिने हल्ला चलेसंगै सेयर बजार बढन थालेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ६ महिना खतिवडालाई अर्थमन्त्री बनाउने संकेत गरेपछि सेयर बजारमा पहिरो जान सुरु भएको छ ।

आइतवार ४० अंकले घटेको सेयर बजार सोमवार ९६ अंकले घटेको छ । कारोबार रकम २ अर्ब १५ करोड रुपैयाँ बढी भएको छ । कारोबार रकमका आधारमा सबैभन्दा पहिलो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ ।

नेपाल लाइफको आइतबार १५ करोड ६८ लाख ११ हजार २ सय ५६ रुपैयाँको सेयर किनबेच भएको छ । एनआइशी एशिया बैंक र एनएमबि बैंक कारोबार रकमका आधारमा दोस्रो र तेस्रो नम्बरमा देखिएका छन् ।

एनआइशी एशियाको १४ करोड ६१ लाख ५२ हजार १ सय ५० रुपैयाँको कारोबार भएको छ भने एनएमबिको ८ करोड ९५ लाख २३ हजार ६ सय २० रुपैयाँको सेयर किनबेच भएका छन् ।

बजारमा कारोबार हुने सबै उपसमूहहरु राताम्मे देखिएका छन् । सबैभन्दा धेरै घट्नेमा बीमा र बैंकिङ उपसमूहहरु देखिएको छन् । निर्जिवन बीमा उपसमूह ७ दशमलव ४६ अंकले ओरालो लागेको छ भने जीवन बीमा उपसमूह ७ दशमलव ४५ अंकले घटेको छ ।

प्रकाशित मिति: Mar 2, 2020

प्रतिक्रिया दिनुहोस्