Logo
२ माघ २०८१, बुधबार
(March 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडाध्यक्षकै दुईवटा नागरिकता : भारतीय नागरिक रहेको महोत्तरी प्रशासनमा उजुरी

नेपालको संघीय सरकारको प्रदेश नं २ स्थित महोत्तरीका १ जना वडाध्यक्षसंग दोहरो नागरिकता रहेको भन्दै महोत्तरी प्रशासनमा उजुरी परेको छ ।

रामगोपालपुर नगरपालिका ८ बस्ने हरिश्चन्द्र ठाकुरले नगरपालिका वडा नं ५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको दावीसहित जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराएका हुन् ।

स्थानिय तहको चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वा्चित चौधरी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको ठाकुरको दावी छ । उनले फर्जि कागजात पेश गरेर वाडाध्यक्ष चौधरीले भारतिय नागरीकताको साथै नेपाली नागरिकता पनि लिएको उजुरीकर्ताको आरोप छ ।

ठाकुरले उजुरीसंगै पेश गरेको प्रमाणमा भारतीय निर्वाचन आयोगको फोटो सहिततको मतदाता नामावलीमा वडाध्यक्ष चौधरी र उनका बुबाको नाम रहेको छ ।

वडाध्यक्ष चौधरी २०१९ मा भारतमा सम्पन भएको लोकसभा चुनावमा भोट खसालेको प्रमाण समेत उजुरीकर्ता ठाकुरले पेश गरेका छन ।

यसअघि पनि रामगोपालपुर नगरपालिका कार्यालयमा वडाध्यक्ष चौधरी भारतीय नागरिक भन्दै उजुरी परिसकेको छ।

एकमहिना अघि नै जिल्ला प्रशासनमा प्रमाणसहित उजुरी दिएपनि हालसम्म त्यसमाथि कुनै सुनुवाइ नभएको उजुरीकर्ता ठाकुरले गुनासो समेत गरेका छन् ।

प्रकाशित मिति: Mar 2, 2020

प्रतिक्रिया दिनुहोस्