Logo
३ मंसिर २०८१, सोमबार
(March 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले चीनसहित ५ देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगायो 

काठमाडौं : सरकारले कोरोना भाइरस प्रभावित चीनसहितका पाँच देशका नागरिकलाई अनअराभइल भिसामा रोक लगाइएको छ ।

यही मार्च ७ देखि ३१ तारिखसम्मका लागि अध्यागमन विभागले हङकङसहित चीन, जापान, दक्षिण कोरिया, इटाली र इरानका नागरिकलाई एक महिनासम्म अनअराइभल भिसा नदिने निर्णय लिएको हो।

यी देशहरुमा कोरोना भाइरस तीव्रगतिमा फैलिएको छ। चीनमा २८ सय भन्दा धेरैको ज्यान गइसकेको छ। इटली, इरान, जापान र कोरियामा पनि कोरोना महामारीकारुपमा फैलिइरहेको छ।

यी देशका नागरिक नेपाल आउनुपरेमा त्यहाँस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा औचित्य पुष्टि गर्नुपर्ने छ।

यसअघि नेपालले इराकसिहतका १३ देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको छ। कोरोनाकै कारण सरकारले नेपाल भ्रमण वर्ष र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरिसकेको छ।

प्रकाशित मिति: Mar 2, 2020

प्रतिक्रिया दिनुहोस्