माक्समा कालोबजारी : पाउनै छाड्यो ‘सर्जिकल माक्स’
काठमाडौं : विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस (कोभिन १९) उच्च जोखिम युक्त मुलुकको रुपमा राखिसकेको छ ।
नेपाल सरकारले भने यसबाट बच्नको लागि भैपरी आउने सुरक्षा व्यवस्थाको कुनै पनि तयारी गरिएको छैन्। नेपाल सरकारले भाइरसबाट बच्नको लागि भीडभाड र महोत्सवजस्ता कार्यक्रम नगर्नलाई आह्वान भने गरेको छ ।
नेपाली नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित रहने भरपर्दो उपाय ’सर्जिकल माक्स’ लागेको छ। नेपाली बजारमा पर्याप्त मात्रामा माक्स पाइन्न। सामान्यतयास् सर्जिकल माक्स औषधी पसलमा पाइन्छ।
तर, हिजोआज काठमाडौका अधिकांश औषधी पसलमा ’सर्जिकल माक्स’ पाइन छोडेको छ। काठमाडौंका अधिकांश मेडिकलमा ’सर्जिकल माक्स’ पाउन छोडेको सर्वसाधरणहरुले बताउने गरेका छन् ।
राज्यले बजारलाई नियन्त्रण नगर्ने हो भने लामो समयसम्म ’सर्जिकल माक्स’को अभाव हुने उनले सर्वसाधारहरु बताउछन् । राज्यले बजार अनुगमन गर्न नसक्दा माक्सको अभाव भइरहेको उनको भनाइ छ ।
नेपालमा माक्स उत्पादन नहुँदा अभाव दैनिक सर्जिकल माक्स ५० देखि १ सय ग्राहक सर्जिकल माक्स आउने गरेको क्षेत्रपाटीका एक होलसेल पसलका सञ्चालक बताउँछन।
चीनबाट ’कोभिड १९’ सुरु भएकोले माक्सको अभाव भएको उनले जानकारी दिए। चीनियाँ नागरिकले माक्स किनेर स्वदेश पठाएकोले पनि नेपालमा माक्सको अभाव भएको उनको दाबी छ । नेपालमा पनि माक्स उत्पादन हुने गर्छ। तर कोरोना संक्रमण सुरू भएसँगै माक्समा कालोबजारी भइरहेको व्यापारी र उपभोक्ताहरुले महशुस गरिरहेका छन्।
सर्लाही, बनेपा, बौद्ब र जोरपाटीमा माक्स उत्पादन भइरहेको छ। मेडिकल क्षेत्रका सबै सामग्रीको कालोबजारी र अभाव भइरहेको उपभोक्ता हित संरक्षण मञ्चका सचिव कुमारी खरेलले बताइन्। राज्यले मेडिकल क्षेत्रको बजारलाई नियन्त्रण गर्न नसक्दा सामग्रीको अभाव भइरहेको उनको दाबी छ।