Logo
३ मंसिर २०८१, सोमबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबार नेपालमै प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए ।

नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण काठटमाडौंस्थित् त्रिवि शिक्षण अस्पतालमा गरिने भएको हो ।

उनकाअनुसार मिर्गौला प्रत्यारोपणको लागि प्रधानमन्त्री ओली भोलि (सोमबार) नै अस्पताल भर्ना हुनेछन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनासमेत गरेको जानकारी दिए ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्