अभिभावक दिवसको अवसरमा सुनसरी सेन्ट जेभियरर्स स्कुलका विद्यार्थीले गरे विज्ञान प्रदर्शनि
शिव भट्टराई/इटहरी पछिल्लो समय शैक्षिक हबको रुपमा परिचित बन्दै जादा यहाँ सञ्चालन भएका निजि क्षेत्रको बिद्यालयहरुले आफ्नो शैक्षिक गुणस्तरलाई बृद्धि गर्दै लान थालेका छन् । यसै क्रममा इटहरीमा रहेको सुनसरी सेन्ट जेभियरर्स स्कुलले पनि आफ्नो बार्षिक अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्राम सम्पन्न गरेको छ ।
बिगत लामो समय देखि सञ्चालनमा रहेको सुनसरी सेन्ट जेभियर्सले बिद्यार्थीहरुमा रहेको अन्तर प्रतिभालाई प्रस्फुटन गराउने उद्धेश्यले सञ्चालन गरेको बिभिन्न खेलकुद, कक्षा प्रथम, उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी लगायतलाई पुरस्कार बितरण गरेको छ ।
बार्षिकोत्सव कार्यक्रमको अवसरमा बिभिन्न सास्कृतिक नृत्य, गायन्, नाटक लगायत बिद्यार्थीले प्रस्तुत गरेका थिए भने बिद्यार्थीले आफुले सिकेका शैक्षिक ज्ञानलाई व्यावाहारिक बनाउदै बिज्ञान प्रदर्शनि समेत गरेको बिद्यालयका सह प्रध्यापक बासु श्रेष्ठले बताए ।
कार्यक्रममा उत्कृष्ट शिक्षक, स्टुडेन्ट अफ् द इयर लगायतलाई पुरस्कार बितरण गरिएको थियो भने कार्यक्रममा इटहरी नगरपालीका शिक्षा शाखाकी प्रमुख अम्बिका कुमारी शाहाको प्रमुख आतिथ्यता रहेको थियो । बिद्यालयका प्रिन्सिपल कबिन्द्र मण्डलको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।