राष्ट्रपतिको सुरक्षाको लागि भन्दै भीम रावललाई विमानस्थलको भिआइपी कक्षमा जान रोक लगाएपछि…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले विमानस्थलको भिआइपी कक्षमा जानबाट रोएिका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं फर्कने कार्यक्रम रहेको भन्दै शनिबार बिहान धनगढी विमानस्थलको भिआइपी कक्षमा जान सुरक्षाकर्मीले नेता रावललाई रोक लगाइएको हो ।
सुरक्षाकर्मीले भिआइपी कक्षबाट प्रवेश गर्न नदिएपछि उपप्रधाानमन्त्री रावल ट्रली बोक्ने बाटोबाट बाहिरिएका थिए।
राष्टिपतिको सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले नेता रावललाई रोक लगाएपछि उनी आक्रोशित भएका थिए। उनी काठमाडौंबाट शनिबार बिहान श्री एयरलायन्सको विमानमार्फत धनगढी पुगेका थिए।
भिआइपी कक्षमा जानबाट रोक लगाएपछि नेता रावलले पत्रकार सम्मेलनमार्फत असन्तुष्टि जनाएका हुन्। विशिष्ट कक्ष जान नपाएकोमा मलाई त्यस्तो कुनै समस्या छैन। तर, सुरक्षा व्यवस्थाबारे जानकारी गराउँन त सकिन्थ्यो होला नि’ उनले भने।