Logo
३ मंसिर २०८१, सोमबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णयपछि नेकपामा विवाद : खुमलटार-बालुवाटार गर्दै माधव नेपाल

काठमाडौं : नेकपाका वरिष्ठ नेता माधव नेपाल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयपछि देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता नेपाल बालुवाटार पुगेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को निवास खुमलटारमा बिहान भएको छलफलबारे जानकारी गराउन र निर्णय कार्यान्वयनका लागि सुझाव दिन नेपाल त्यहाँ पुगेका स्रोतले बतायो ।

खुमलटारमा शुक्रबार बिहानको छलफलमा सहभागी प्रचण्ड, नेपाल र पूर्वअध्यक्ष झलनाथ खनालले सचिवालयको सर्वसम्मत निर्णय कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्