Logo
२ माघ २०८१, बुधबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो सर्कलमा बेग्लै इज्जत हुन्छ तर बाहुन शासक द्वारा पिडित म

म कक्षा ५ सम्म आदिवासी जनजाति बाहुल्य क्षेत्रमा रहेको सरकारी स्कुल पढेको मान्छे । ४ र ५ पढ्दा म मात्र थिए मेरो कक्षामा बाहुन ।अरू सबै सन्थाल (सतार), राजबंशी, राई, लिम्बु, गुरूंग, मगर थिए । कक्षा २-३ सम्म त कक्षामा अरू पनि बाहुन क्षेत्रीको बच्चा थिए तर ३ कक्षा पश्चात धेरैले आफ्नो सन्तानलाई त्यहा बाट निकालेर अरू अरू स्कुल लगेछन् ।

हरेक वर्ष आदिवासी जनजाति विद्यार्थीलाई भनेर सरकारले ब्याग, खाजा, नया ड्रेस, किताब, कापी, पेन्सिल दिन्थ्यो । मेरा सबै साथीले पाउथे तर मैले मात्र पाउदिन थिए । किनभने म बाहुनको बच्चो थिए । म पनि सोच्थे, म किन बाहुनको बच्चो भए भनेर । किन राई या राजबंशीको बच्चा भईन भनेर ।  न टिफिनमा खाजा मिल्थ्यो न पेन्सिल ।

नया किताब त कहिल्यै मिलेन पास हुना साथ सेकेन्ड ह्याण्ड किताब गाउमा कसले बेच्थ्यो त्यो खोज्न हिड्नु पर्थ्यो । अरूहरूलाई हलमा बोलाएर गुन्द्रीमा राखेर कदम वा केराको पातमा पातलो हलुवा दिदा आफूहरू बाहिर मुख मिठ्याएर बस्नु पर्थ्यो । अनि त्यो बेला आफु बाहुन भएकोमा आफुलाई खुब धिक्कार्थे ।

त्यो बेलामा अहिलेको जस्तो बाउ आमाले टिफिन, खाजा, पैशा दिएर बच्चालाई स्कुल पठाउने चलन थिएन । हामी त स्कुलको चौरमा ठुलो कदमको रूख थियो त्यसमा फलेको कदम र पानी खाएर नै भोक मेटाउथियौ । तरपनि कदम को रूख केवल एउटा थियो तर हामि बिद्यार्थी भने ४/५०० जना थियौ v त्यहि कदम पनि कहा भेट्नु र खानलाई ।

सन्तोष आचार्य

खाने प्रयासमा झट्टारो हान्दा हान्दै टिफिनको घन्टी लाग्थ्यो । अनि भोकै हूईन्थ्यो । झट्टारोले लागेर झरी गए नि अर्कै ले भेट्थ्यो अनि उसले खाई दिन्थ्यो त्यसपछि कति महिना त्यो सग ग्यांग फाईट चल्थ्यो बोलचाल बन्द हुन्थ्यो ।

साथीहरूले नया ब्यागमा किताब बोक्दा हामी कम्मरमा सर्ट बाधेर ढाड पट्टि किताब राखेर हिन्ने गर्थ्यौ । शर्ट भित्र गन्जी लगाउने चलन थिएन पसिनाले किताब भिजेर कुनै किताबको गाता (कभर) बाकि रहदैन थियो ।

कभरको के कुरा वर्षको अन्तिम अन्तिम सम्ममा त ५/७ वटा पाठ सम्म पसिनाको कारणले च्यातिसकेको हुन्थ्यो । बजारबाट सामान किनमेलको जवाना थिएन त्यसैले घरमा आजको जस्तो प्लास्टिक पनि आउदैन थियो । प्लास्टिकमा केहि सामान आईहाले आमाले यो पछी लाई काम लाग्छ भनेर सरक्क छानामा सिउरिनु हुन्थ्यो ।

तर हाम्रो भाग्य । कहिलेकाही छाना बाट उक्त प्लास्टिक हावाको कारण झर्थ्यो अनि खुशी हुदै आमा सग बाट लुकाएर घर बाट अलिक पर पुगेर मात्र यसमा किताब हालेर शान सग स्कुल गईन्थ्यो नत्र आमाले उक्त प्लास्टिक खोस्ने डर हुन्थ्यो ।

अनि स्कुल पुगेर साथिलाई गफ लगाईन्थ्यो हिजो बुवाले घरमा स्याउ किनेर ल्याउनु भयो त्यसैमा आएको प्लास्टिक हो यो ! स्याउ खन्याएर ला तलाई किताब हाल्न काम लाग्छ भनेर दिनुभएको अनि यसमा हालेर ल्याएको । तर साथि पनि यति दुस्ट हुन्थे कि पेन्सिल ले झोला दुलो पार्दिन्थे अनि झोला च्यातिएको पिडामा खुब रुन्थ्यौ ! तर उक्त दुलो परेको प्लास्टिक पनि च्यातेर त्यसमा ढुंगा बाधेर घुएत्रो हान्ने खेल खेल्थ्यौ त्यसको मज्जा बेग्लै थियो ।

प्राय हामि सिमेन्टको बोरा पखालेर त्यसलाई आफै काटेर भिर्ने झोला बनाउथ्यौ ! अर्कै मज्जा आउथ्यो त्यसमा किताब बोक्न पाउदा ! तर प्लास्टिकको बोरा पाउनु पनि त भाग्यको कुरा थियो ! किनभने सिमेन्टको बोरा नि कहा पाउनु र त्यो बेलामा ? धान चामल हाल्नलाई राखेको राम्रो बोरा छानेर निकाली काटिन्थ्यो काटेपछि झोला त बन्थ्यो तर बोरा काटेको निउमा बाउ आमा दाई बाट मस्तले कुटाई खाईन्थ्यो !

कक्षा ४ मा पुग्दा सबै ले निशुल्क रूपमा स्कुलमा नया ड्रेस र ब्याग पाउदा म बाहुन भएकै कारण ले ब्याग, स्कुल ड्रेस, पेन्सिल पाईन । त्योदिन म खुब रोए २/३ दिन स्कुल पनि गईन ! पछी हेडसरले आईज तपाई पनि इरेजर वाला सिंगो पेन्सिल दिन्छु भनेपछी खुशी हुदै गए ! किनभने घरमा बुवाले पेन्सिल किनेर ल्याउदा पनि यसले हराउछ भनेर त्यसलाई स्केल ले नापेर दुई बराबर टुक्रा पारेर आधा दिदिलाई आधा मलाई दीइन्थ्यो ।

पेन्सिलको एकातिर इलेजर हुन्थ्यो अर्को तिर खालि एक टुक्रामा इलेजर हुन्थ्यो अर्को टुक्रामा हुन्न थियो ! इलेजर वाला टुक्राका लागि दिदि भाईमा खुब झगडा हुन्थ्यो अनि आमाले गालि गर्दै चिट कि पट मार्फत समस्या हल गर्दिनु हुन्थ्यो चिट र पट पनि पैशाले होईन बुवाको चप्पलले उल्टी कि सुल्टी भनेर ! त्यो बेलामा आफ्नो त चप्पल पनि खासै हुन्न थियो ।

चप्पल किनेर आमा बुवाले ल्याई दिएको दिन साथि भाई लाई देखाउन कै लागि भएपनि चप्पल लगाएर स्कुल गयो अनि चुटिने डरले खोलेर राखी टिफिनमा खेल्थियौ फर्केर आउदा त्यहि चप्पल पनि अर्कैले चोरिदिन्थ्यो त्यसपछि चप्पल हराएको निउमा घरमा कुटाई खानु त छदै थियो ३/४ महिना सम्म खालि खुट्टा हिड्नु पर्थ्यो ।

चप्पल किनी माग्दा त्यो अस्ति किनेको चप्पल ले अनि किन्दिउला भन्ने जवाफ आउथ्यो ! अनि त मौन भएर बस्नुको बिकल्प थिएन ! पछी किनीदिई हाले पनि यसले हराउछ भनेर स्कुल जादा चै नलगाई जा है भन्ने आदेश आउथ्यो अनि पैदल नै खालि खुट्टा धुलो उडाउदै स्कुल कुदिन्थ्यो ।

हेडसरले घर mई आएर बोलाएपछी पेन्सिल पाउने आशामा स्कुल त गए तर भोलिपल्ट देखि स्कुलमा सबै जना नया ब्याग बोकेर नया लुगामा आए आफु मात्र स्कुल को निलो हाफेंट मा । त्यो पनि च्यातिएर, आमाले १० पटक कहिले निलो, कहिले सेतो, कहिले पहेलो, कहिले कालो धागोले सिलाईदिएको घिनलाग्दो गरि चारैतिरबाट उध्रिएर पुरै हातैले सिलाएको हाफपाईन्टको सुसू गर्ने ठाउमा भएको टाक झरेर हराएर त्यहा पिन्सियोले उनेको थोत्रे हाफपाईन्ट लाएर ! उनीहरू सबै नया ड्रेसमा थिए तर कक्षामा आफु मात्र च्यातिएको हाफ पाईन्टमा ! त्यो देखेर त्यो दिन साथीहरूले खुब जिस्काए ।

सानै भएपनि आफ्नो सर्कलमा बेग्लै इज्जत हुन्छ । त्यो दिन साथि सर्कलमा आफ्नो इज्जत गएको फिल भयो । त्यो दिन देखि मलाई त्यो स्कुल मन पर्न छोड्यो । बाहुन भएकै कारणले राज्य बाट विभेदको शिकार बनेकोले मलाई यति पिडा भयो कि मैले ४ कक्षामा नै स्कुल बदल्ने निर्णय लिए तर मेरो निर्णयको कदर कहा हुन्थ्यो र ? ५ कक्षा सम्म पढ्नै पर्ने बाध्यता थियो त्यस पछी मैले आफ्नो स्कुल नै बदले ! अब भन बाहुन शासक को कारण पिडित तिमि हौ कि म ?  वाहुन शासकले दमन तिमीलाई गर्यो कि म जस्ता लाई ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्