पार्टी पंक्ति तरंगित भइरहेको बेला नेकपाका शीर्ष नेता एउटै मञ्चमा : तर नेता नेपालसँग बोलेनन् ओली
काठमाडौं : नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आज एउटै मञ्चमा उपस्थित भएका छन् ।
वामदेव गौतमलाई राष्ट्रिय सभा लैजाने पार्टी सचिवालयको निर्णय र सो निर्णयमा ओलीको असहमतिले पार्टी पंक्ति तरंगित भइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशको प्रशिक्षण यलम्बर पार्टी प्यालेस रामशाह पथमा सहभागी हुने क्रममा शीर्ष नेताहरुबीच भेट भएको हो ।
कार्यक्रममा ढिलो गरी पुगेका प्रधानमन्त्रीले अर्का अध्यक्ष दाहालसँग केही कुराकानी गरे । तर आफ्नै कुर्सी छेउमा रहेका बरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी गरेनन् । प्रचण्डसँग छोटो कुराकानीपछि ओली भिड हेर्नतर्फ लागे।