Logo
३ मंसिर २०८१, सोमबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई कांग्रेस नेता कोइरालाको सल्लाह : अब नैतिकताको आधारमा राजीनामा दिनुस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

बिहीबार बिहान भएको भेटमा ओली र नेता कोईरालाबीच करिब डेढ घन्टा छलफल भएको थियो ।

भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलीयाले जानकारी दिएका छन्।

छलफलका क्रममा कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको कुरा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले देखाएको उल्लेख गर्दै अब नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सल्लाह दिएका छन्।

‘दुई तिहाइको सरकारले काम गर्ने अवसर पाउँदा पनि केही गर्न सकेको छैन। पार्टीभित्र विवाद चुलिँदै गएको छ। अब तपाईँले राजीनामा दिएर सबै पार्टीलाई मिलाएर अगाडि लैजानुको विकल्प छैन।त्यसमा प्रतिपक्षी दलको सहयोग रहनेछ।’ कोइरालाले भने ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्