२ दिन देखि परेको बर्षाको कारण जलेश्वर–बर्दिवास सडकखण्ड अवरुद्ध
पश्चिमी बायुको प्रभावको कारणले गर्दा लगातार २ दिन परेको बर्षाले गर्दा जलेश्वर–बर्दिवास र जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध हुन पुगेको छ ।
बाटो अवरुद्ध भएपछि दुबैतर्फ आउने जाने दर्जनौं सवारीसाधन सडकमै रोकिनु परेको छ । वर्षाको पानीले बाटो हिलाम्य भएपछि बस, जीप, मोटरसाइकललगायत पैदलयात्रु समेतले सास्ती भोग्नु परेको छ ।
जिल्लाको प्रमुख सडकखण्डको रूपमा रहेको जलेश्वर(बर्दिवास सडकखण्डको चार लेन सडक निर्माणसहितको स्तरोन्नततीको काम भइरहेका बेला २ दिनदेखि पानी परेकाले बाटो अवरुद्ध भएको हा े।
यस्तै वर्षाका कारण जनकपुर–जलेश्वर सडकखण्डमासमेत कुनै–कुनै ठाउँमा सडक निर्माणको काम सम्पन्न नभएकोले यात्रुले समस्या बेहोर्नु परेको छ।