Logo
३ मंसिर २०८१, सोमबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनप्रतिनिधिहरुका गैर जिम्मेवारी हर्कत : गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित

प्रतिनिधिसभामा गणपुरक संख्या नपुग्दा १५ मिनेटका लागि स्थगित भएको बैठक बुधबारसम्मका लागि सरेको छ। संसदमा कुनै पनि प्रस्ताव निणर्यका लागि पेश गर्दा कम्तिमा एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थिति हुनुपर्ने नेपालको संविधानको धारा ९४ मा व्यवस्था भए पनि मंगलबार ५८ जना मात्र सांसद उपस्थित हुँदा बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि कांग्रेसका सांसद अहतर कमाल मुसलमानले गणपुरक संख्या नपुगेको भन्दै आपत्ति जनाएका थिए।

उनको आपत्तिपछि बैठकको अध्यक्षता गरिरहेका सांसद सोमप्रसाद पाण्डेले तीन मनेट घण्टी बजाएर उपस्थिति सांसदको संख्या गन्न निर्देशन दिएका थिए।

गन्दा ५८ जना सांसद मात्र उपस्थित भएको पाइएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिए पनि पछि सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि सारिएको छ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्