मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनाको ६ कारण खुल्यो
ताप्लेजुङको पाथिभरा क्षेत्रमा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाको ६ कारण भएको छानविन आयोगले जानकारी दिएको छ ।
सरकारले गत वर्ष यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठन गरेको आयोगले प्रतिवेदन आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई बुझाएको थियो ।
उक्त प्रतिवेदनमा प्रतिकूल मौसम, अघिल्लो सिटमा क्षमताभन्दा बढी लोड र विग्रँदो मौसमका कारण त्यहाँ रहेका व्यक्तिहरु छिटो भन्दा छिटो त्यहाँबाट निस्कने चिन्ता रहेको उल्लेख गरिएको छ ।
यस्तै विन्डसिल्डको बाहिरी भागमा हिउँ जमेका कारण बाहिरी दृष्य (भिजिबिलिटी) कम हुनु, संस्थाको पर्याप्त संचालन निगरानीको कमी र उडान पूर्वको तयारीमा कमी तथा व्यक्तिहरुको लोड आँकलनको कमीलाई पनि दुर्घटना निम्त्याउने कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।