Logo
९ मंसिर २०८१, आईतबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एका विहानै कर्णाली नदीमा मङ्गलबार जीप खस्दा चालक खड्काको मृत्यु

कर्णाली प्रदेश स्थित कालीकोटको रास्कोट नगरपालिकाबाट जितेगडाका लागि छुटेको जीप कर्णाली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । उक्त जीपलाई अहिले नदीबाट निकाल्ने प्रयास भइरहेको छ ।

मङ्गलबार बिहान यात्रु झारेर लु १ ज ४१४१ नम्बरको जीप फर्काउने क्रममा कर्णाली नदीमा खसेको थियो । जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका ४ घर भएका १९ वर्षीय चक्रबहादुर खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

 

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्