थकित र निराश अवस्थामा गच्छदार : चुनावकाबेला १० सिट र उपाध्यक्ष पदको थियोे ओली “अफर”
ललिता निवास जग्गा प्रकरणमा ३ मन्त्री सहित मुद्दामा मुछिएका बिजयकुमार गच्छदारलाई प्रधानमन्त्री केपि ओलीले कुनैबेला आफ्नो पार्टीमा भित्र्याउने तरखरमा थिए ।
नेपाली कांग्रेससँग एकता पुर्व ओलीले गच्छदारलाई १० ओटा सिट सुरक्षित गर्दै पार्टीमा बरिष्ठ उपाध्यक्ष पदको अफर दिएका थिए ।
“तपाईं हामी हामी सँगै सेण्टर जेल बसेका हौं” ओलीले भनेका थिए “आउनुस सँगै एउटै पार्टीमा काम गरौं, अब पावरमा हामी नै आउँछौ, त्यसको तपाईं-हामीले सदुपयोग गरौं” ।
तर गच्छदारले “ब्यक्तिगत रूपमा म तपाईंलाई सदैब साथ दिने छु तर म लोकतान्त्रिक लाईनमा बसेर सदैब राजनीति गरेको हू, तपाईंको पार्टीमै प्रवेश गर्न आत्मस्विकार भैरहेको छैन” भन्दै जवाफ फर्काएका थिए ।
“त्यसो भए संगै गठबन्धन नै गरौं, समीकरण गरौ १० ओटा सिट हामिले तपाईंहरुलाई छोड्छौं” भन्दै ओलीले गठबन्धनको अफर दिएका थिए तर गच्छदारले २० ओटा सिटको माग गर्दै बैठक छडेका थिए।
“त्योबेला लोभको राजनीतिमा नफसेका भए गच्छदारको आज यो हलत हुदैन थियो” तत्कालीन फोरम लोकतान्त्रिकका एक जना नेताले भने “ओलीको अफरलाई लत्याएकै कारण गच्छदार आज मुद्दामा मुछिएका छन् ।”
मुद्दा चल्नु पुर्व प्रधानमन्त्री ओली सँग गच्छदारले २ पटक बालुवाटारमै गएर भेटेपनी ओलीले अब आफूले केही गर्न नमिल्ने भन्दै जवाफ् फर्काएका थिए । “बरु तपाईंको पक्षमा केही कम्जोर मुद्दा बनाउन सकिन्छ तर पुरै अलगै राख्न सकिन्न तपाईं मात्र गच्छदार होइन तपाईं काङ्ग्रेस पनि हो, यो कुरा याद राख्नुस” भन्दै ओलीले जवाफ् फर्काएका थिए ।
हिजोआज कसैले भेट्न जाँदा गच्छदारले “आफू कांग्रेसमा आएकै कारण आज यो अवस्था आएको बताउने गरेका छन् । काँग्रेसकै केही साथीहरू निकै खुशी छन् भन्ने गरेका हुन्छन् ।
गच्छदार निकै थकित त निराश झै देखिन्छन् एक जना नेताले भने बुढेसकालमा यो अवस्था आउनुको कारण पनि कांग्रेस नै भएको उनले बताउने गरेका छन् ।