बाँस्कोटालाई अडियोकाण्डमा फसाएका मिश्रविरुद्ध साइबर क्राइमको मुद्धा
काठमाण्डौ : निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटालाई २७ अर्ब रुपैयाँ बराबरको सेक्युरिटी प्रिन्टर खरिदका क्रममा अडियो टेप काण्डमा फसाएर मन्त्री पदबाट राजीनामा दिन बाध्य पार्ने विजय प्रकाश मिश्रविरुद्ध साइबर क्राइम मुद्दा चलाइएको छ ।
समितिका सदस्यहरु रहेका नेकपा र कांग्रेसका सांसदहरुले अडियो प्रकरणमा आफूहरुलाई बिनाकाममा मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोमा उजुरी दर्ता गराइएको हो ।
संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटासँग कमिसनको बार्गे्निङ गरेको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध आज आइतबार साइबर क्राइमको उजुरी दिएको छ ।
बाँस्कोटाले सेक्युरिटी प्रिन्टर खरिदमा पाँच अर्ब भन्दा धेरै भ्रष्टाचार गर्न आरोप लगाएका मिश्रले सार्वजनिक लेखा समितिका सदस्यहरुको पनि उक्त काण्डमा संलग्नता रहेको टिप्पणी गरेका थिए ।
समितिका सचिव डा.रोजनाथ पाण्डेले मिश्रविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको जानकारी दिए। समितिको बैठकले बिहीबारै मिश्र र प्रकाश उपाध्यायमाथि कारवाहीका लागि साइबर ब्यूरोलाई पत्र लेख्ने निर्णय गरेको थियो।