Logo
११ माघ २०८१, शुक्रबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो कम्युनिष्टको सरकार होइन्, ‘कमाउनिष्ट’हरुको सरकार हो : उपेन्द्र यादव

केपि शर्मा ओली नेतृत्वको बर्तमान सरकार कम्युनिष्ट नेतृत्वको को सरकार नभई ‘कमाउनिष्ट’ हरुको सरकारको रुपमा स्थापिथ भइरहेको समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाउनुभएको छ । पछिल्लो समय सरकार भष्ट्रचारका काण्डै काण्डमा फसेको भन्दै यो पूर्ण असफलताको संकेत रहेको जिकिर गर्नुभयो ।

‘वाइडबडी काण्ड, यति काण्ड सेलाउन नपाउँदै पछिल्लो समय मन्त्रीको भष्ट्रचार काण्ड बाहिर आएको छ, पूर्व उप–प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले भन्नुभयो, “जनताका आधारभूत समस्या ज्यूँका त्यूँ छन्, सरकार काण्डै–काण्डमा फसेको छ, यो सरकार पुरै निकम्मा भयो ।’

समाजबादी पार्टी कपिलवस्तुले जिल्लाको पकडीमा आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष यादवले नाममा कम्युनिष्टको सरकार भनिए पनि व्यवहार ‘कमाउनिष्ट’ को रहेको भन्दै पार्टीको नाम फेर्न सुझाव दिनुभयो ।

‘संसारका कम्युनिष्ट सरकारको मुख्य काम सर्वहारा वर्गको उत्थान हुन्छ, तर नेपालमा कम्युनिष्ट पार्टीको काम ‘कमाउनिष्ट’ को छ, उहाँले प्रश्न गर्दै भन्नुभयो, “दुई बर्षमा एउटा उद्योग खुलेको सुन्नुभएको छ?’ कम्युनिष्ट सरकारले सर्वहारा, श्रमजीवि जनताका पक्षमा काम गर्नु पथ्र्यो, गर्न सकेन् ।

अहिले पनि सिंचाईको समस्या उस्तै छ, रोजगार कत्ति दिन सकेको छैन्, स्वास्थ्यमा ध्यानै छैन्, शिक्षाको सुधार छैन् ।” प्रधानमन्त्री ओलीलाई ‘समृद्ध नेपाल, सुखि नेपाली’को नारा बन्द गरेर ‘दुखी नेपाली, दरिद्र नेपाल’ राख्न उहाँले सुझाव दिनुभयो । जनता यो सरकारबाट पीडित बनेको उहाँको टिप्पणी थियो ।

सरकारले लगानी सम्मेलनका नाममा करोडौं खर्च मात्र गरेको टिप्पणी गर्नुभयो । दुई सालमा एक उद्योग खोल्न नसकेको, विदेशी लगानी भित्त्राउन नसकेको भन्दै समृद्धिको रटान बन्द गर्न सुझाव दिनुभयो । यो सरकारको सिद्धान्तले गर्दा विदेशी लगानी नेपालमा भित्रन नसक्ने उहाँको जिकिर थियो ।

चुनावताका कृषि, शिक्षा, स्वास्थ्य, सिँचाईका आश्वासन बाँडेर कम्युनिष्ट सरकारले घोषणा पत्र जारी गरेको भए पनि अहिले भ्रष्ट र दलालको चंगुलमा फसेको भन्दै उहाँले आक्रोश पोख्नु भयो ।

संविधान संशोधनविना आदिबासी, सिमान्तकृत, मधेशी, मुस्लीम लगायतका समुदायको अधिकार संरक्षण नहुने भन्दै यादवले अब आफुहरुको पहिलो काम संविधान संशोधनको लागि दबाब सिर्जना गर्ने रहेको बताउनुभयो । संविधान संशोधन गर्ने दुई बुँदे सहमति सहीत सरकारमा गएपनि ओली र प्रचण्डले गद्धारी गरेको उहाँले आरोप लगाउनुभयो ।

संविधान संशोधन गर्ने कुनै छाँट नदेखे पछि आफुहरु सरकारबाट बाहिरिएको उहाँले प्रष्ट पार्नुभयो । समाजबादी पार्टी अबको बैकल्पिक पार्टी हुने भन्दै कांग्रेस, कम्युनिष्ट पार्टी पतनको दिशामा अगाडी बढेको जिकिर गर्नुभयो । ‘यो देशमा कांग्रेस पतन भैसकेको छ, यहाँ मात्र होइन् भारतमा पनि कांग्रेस पतन भैसक्यो, कम्युनिष्ट पनि अर्को चुनावसम्म पतन भैसक्छ, उहाँले हजारौं कार्यकर्तामाझ दाबी गर्दै भन्नुभयो, “अब देशको बैकल्पिक शक्ति समाजबादी पार्टी हुन्छ ।”

आमसभामा समाजबादी पार्टीका प्रदेश ५ इन्चार्ज तथा पूर्वमन्त्री दानबहादुर चौधरी, केन्द्रिय सदस्य तथा प्रदेश सांसद सहसराम यादव, मंगल प्रसाद गुप्ता, वकिल मुसलमान, अशोक कुमार यादव, नारायण खनाल, विष्णु हरि शर्मा, राम लौटन तिवारी, अब्दुल रसिद, सन्तोष पाण्डे, रामऔतार यादव, रुपा मल्ल, मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्