Logo
४ मंसिर २०८१, मंगलबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, खाएको विष लाग्छ, नखाएको लाग्दैन : मन्त्री बाँस्कोटा

शहरीमन्त्री समेत सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्।

बाँस्कोटाले अडिओ रेकर्डमा बोल्ने एकजना मानिस आफू भएको घुमाउरो पारामा स्वीकार गरेका छन्। खाएको विषमात्रै लाग्ने भन्दै संचारकर्मीसँगको कुराकानीमा उनले भने, ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्।’

मन्त्री बाँस्कोटाले सो अडिओ टेपका बारेमा आज ३ बजे हुने सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्ने बताए। ‘अडिओ के कसो हो भन्ने बारेमा दिउँसो बोल्छु’, उनले भने।

‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्। नभए के हुन्छ देखिहाल्नु भयो’ उनले भने, ‘त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला।’

उनले आफूलाई त्यस्ता धेरै प्रस्ताव आउने गरेको पनि बताए। ‘त्यस्ता प्रस्ताव धेरैवटा आउँछन्। आउनेजति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला’, उनले भने।

 

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्