Logo
४ मंसिर २०८१, मंगलबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

MCC सम्झौताप्रतिको भ्रम चिर्ने काम सरकारले गर्नुपर्छ : कमल थापा

प्रदेश नं ५ स्थित रुपन्देहीमा राष्ट्रिय पार्टीका अध्यक्ष कमल थापाले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) आयोजना नेपालको हितमा रहेको बताएका छन् ।

बुटवलमा आज भएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले पत्रकारसँग कुरागर्दै ९एमसिसि० आयोजना नेपालको हितमा रहेको बताएका हुन् ।

उनले भने, “सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ“।

“एमसीसी संसद् मा पारित हुने विषय ठूलो नभए पनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानु पर्छ ” थापाले भने ।

“विगतमा अस्थिरताबाट जनता वाक्क भएका छन्। सरकार ढाल्ने कुरामा जनताको रुचि छैन”, अध्यक्ष थापाले भने, “जनतालाई स्थिर सरकार चाहिएको छ ।”

उनले विगतको निर्वाचनमा आफ्नो पार्टीले भोग्नुपरेको पराजयबाट पाठ सिकेर आफ्नो पार्टीमा रहेको कमजोरी हटाउँदै राप्रपालाई देशकै अग्रणी पार्टीको रुपमा अघि बढाउने अभियानमा लागेको समेत थापाले दाबी गरे ।

साथै थापाले आफ्नो पाटीलाई केवल हिन्दु राज्य र साजसंस्थासँग मात्रै जोडेर नहेर्न समेत आम जनतालाई आग्रह उनले गरे ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्