१३३ दिनपछि महरा रिहा, निजी गाडी चढेर खुमलटार लागे
काठमाडौँ : जिल्ला अदालत काठमाडौँको आदेशसँगै डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्ण बहादुर महरा रिहा भएका छन् ।
डिल्लीबजार कारागारबाट रिहा भएपछि उनले कारागारमा सबैबाट राम्रो व्यवहार भएको भन्दै सबैप्रति आभार प्रकट गरे । उनले थप प्रतिक्रिया दिएनन् । ‘प्रहरी साथीहरु, मान्य रेशम चौधरीलगायतसँग राम्रोसँग बसेँ र सबैबाट राम्रो व्यवहार भयो’, महराले भने, ‘बाँकी कुरा पछि भन्छु ।’
डिल्ली बजार कारागाबारट रिहा हुनुअघि उनलाई पूर्व आइजीपी रमेशचन्द ठकुरी र सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका थिए ।