Logo
४ मंसिर २०८१, मंगलबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महरालाई कारागारभित्रै पूर्वआईजीपी र पूर्वडीआईजीले बधाई दिँदै खादा लगाएर गरे बिदाइ

काठमाडौँ : जिल्ला अदालत काठमाडौँको आदेशपछि रिहा हुन लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई डिल्लीबजार कारागारभित्रै पूर्वआईजीपी रमेश चन्द ठकुरी र पूर्व डीआईजी रञ्जन कोइरालाले महरालाई बधाइ दिँदै खादा लगाएर बिदाइ गरेका छन् ।

जेलभित्र हुँदा महरा, ठकुरी र कोइरालाबीच निकट सम्बन्ध रहेको बताइएको छ । सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा ठकुरी जेल सजाय भोग्दैछन् । यस्तै सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पत्नी गीताको हत्या गरेको अभियोगमा डिल्लीबजार सदरखोर कारागारमा जेलजीवन बिताइरहेका छन् । कोइरालाई जन्मकैद फैसला सुनाइएको छ ।

महरा डिल्ली बजार कारागारको ‘क’ ब्लकमा बस्दै आएका थिए । उनलाई अन्य कैदीबन्दीले पनि बिदाइ गरिरहेका छन् ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्