Logo
४ मंसिर २०८१, मंगलबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व सभामुख कृष्णबहादुर महराले पाए सफाइ

पुर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् ।

बलात्कार प्रयास अभियोगमा जेल परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध रहेको मुद्दा  फैसलामा उनलाई सफाई दिएको हो ।

जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो ।

अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने भएका छन् । पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए ।

जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

हिजो (आइतबार) नै फैसला हुने भनिएपछि हेर्दाहेर्दै राखिएको मुद्दाको फैसला आज भएको हो।

जिल्ला अदालत काठमाडौंमा हिजो दुवै पक्षको बहस सकिइसकेको थियोे ।

तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्