उपप्रधानमन्त्री पोखरेललाई दार्चुलाको कोसेली छाप्रो (डालो) र कोट
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दार्चुलाको मार्मा गाउँपालिकाले छाप्रो (डालो|) कोसेली दिएका छन् । पोखरेललाई गाउँपालिकामा नै निर्माण गरिएको निगालोबाट निर्मित छाप्रो (डालो) मार्मागाउँपालिका-५ का वडाध्यक्ष सुरेन्द्र महताले हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी दार्चुलाकै नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले स्थानीयस्तरमा अल्लोबाट निर्मित कोट मन्त्री पोखरेललाई हस्तारण गरेका थिए । दार्चुलाका मार्मा गाउँपालिका क्षेत्रमा निगालोबाट निर्मित सामग्री उत्पादन निकै राम्रो छ, भने नौगाड गाउँपालिका अल्लोको लागि प्रख्यात मानिन्छ ।
तस्वीर : नरेन्द्रसिह कार्की