अब दर्ता नगरिएका अनलाइन वेबसाइटहरु क्लिक नहुने
दर्ता नगरिएका बिभिन्न अनलाइन साइटहरलाई खुल्न नदिने कार्यमा सरकार जुटेको छ । सुचना प्रविधि तथा संचार मन्त्रालयले इन्टरनेटको मुख्य गेटवेमै उक्त अनलाईन साइटहरुलाई प्रतिबन्ध लगाउनेगरि तयारी थालेको हो ।
डट जिओभी, डट एनपी र डट ओरआरी बाहेक दर्ता गरिएका डोमेनहरु मात्र खुल्नेगरी अन्य डोमेनलाई प्रतिबन्ध लगाउने तयारी भइरहेको संचार मन्त्रालय श्रोतले बतायो । दुर संचार प्राधिकरण र मन्त्रालयको समन्वायमा उक्त तयारी भइरहेको श्रोतको दावी छ ।