खरिपाटीमा जनचेतनाको अभाव : सरकारको कमजोरी देखाउँदै स्थानीय त्रसित
भक्तपुर : कोरोना भाइरसका कारण चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १ सय ७५ जनालाई हाल भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ ।
आइतरबार बिहान ५:३० बजे प्रहरीको सुरक्षाघेरमा रहेर चीनबाट ल्याइएका नेपालीहरुलाई खरिपाटीमा राखिएको हो
फिर्ता ल्याईएका १ सय ७५ जनालाई नै खरिपाटीमा राखे सँगै सो क्षेत्रका स्थानीयहरुमा एक प्रकारको त्रास फैलिएको छ ।
चीनबाट ल्याईएका विद्यार्थीहरुलाई आफ्नो क्षेत्रमा राख्नु भन्दा पहिले सरकारले सुरक्षाको लागि कुनै पनि जनचेतना नफैलाएकोमा स्थानीयले गूनासो गरेका छन् ।
समाजमा सबै व्यक्ति शिक्षित नभएकाले उनीहरुलाई माइकिङ्ग गरेर या घरघर पुगेर सरकारले चेतना फैलाउनु पर्ने एक स्थानीयले बताए ।