Logo
४ मंसिर २०८१, मंगलबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नराम्रा काम देख्ने चाहिँ आँखा नराम्रो हो : मन्त्री बाँस्कोटा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकाले आफ्नो २ वर्षे कार्यकालका क्रममा एउटै नराम्रो काम नगरेको बताएका छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो भनेका हुन्।

मन्त्री बास्कोटाले भने, ‘नराम्रा काम देख्ने चाहिँ आँखा नराम्रो हो। राम्रा काम हुँदा पनि नराम्रो लेख्ने हातहरुबारे पनि मैले प्रश्न गर्छु, गरिरहेको छु’।
सरकारका २ वर्षे कामका प्रगतिबारेमा केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने उनले जानकारी दिए।

उनले ओली नेतृत्वको सरकारका समयमा विधिको शासन बलियो भएको दाबी गरे। ’देशमा विधिको शासन बलियो भएको छ। यो सरकारको दाबी हो र यो सत्य पनि हो’, उनले अगाडि भने, ’रुल अफ ल’ को इन्डेक्समा नेपाल ५९ औँ स्थानमा पुगेको छ।

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्