पार्टी एकीकरण पछि पहिलो पटक संयुक्त रूपमा ‘जनयुद्ध दिवस’ मनाउँदै नेकपा
काठमाडौं : पार्टी एकीकरण पछि सत्तारुढदल नेकपाले पहिलोपटक संयुक्त रूपमा जनयुद्ध दिवस मनाउन भएको छ ।
पार्टी एकीकरण भए पनि यसअघिको जनयुद्ध दिवस कार्यक्रम ओलीले बहिष्कर गरेका थिए भने तत्कालीन एमालेका शीर्ष नेताहरू पनि कार्यक्रममा सहभागी भएका थिएनन् ।
‘जनयुद्ध’ दिवसको औपचारिक कार्यक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल अतिथिका रूपमा सहभागी हुनेछन् ।
यसअघि ओलीले पटकपटक सार्वजनिक रूपमा ‘जनयुद्ध’ को औचित्यमाथि प्रश्न उठाउँदै आइरहेका थिए भने यसपालि दाहाल र ओलीबीच सहमति भएरै यसपटको ‘जनयुद्ध’ दिवस एकिकृत रुपमा मनाउन लागिएको छ ।
फागुन १ गते पार्टी कार्यालय धुम्वाराहीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
२०५२ फागुन १ गतेबाट हिंसात्मक द्वन्द्व सुरु गरेको दिनलाई तत्कालीन माओवादीले ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आइरहेको थियो ।
नेकपा कार्यालयबाट जारी सूचनामा पनि समारोहमा अध्यक्ष द्वय सहभागी हुने उल्लेख रहेको छ । नेकपाले जिल्ला तथा प्रदेशमा पनि ‘जनयुद्ध’ दिवस मनाउन निर्देशन दिएको छ ।