Logo
२९ कार्तिक २०८१, बिहीबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वसचिव अर्जुन कार्कीको घरमा कामदारको मृत्यु, पत्नी अचेत अवस्थामा

पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्ने कामदार मृत अवस्थामा फेला परेका छन् । दाङका २२ वर्षे  विजय चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए । घटनास्थलमा पुगेको  प्रहरीले अहिले मुचुल्का तयार पारिरहेको छ ।

पूर्वसचिव पत्नी मुना गम्भीर घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नजिकै रहेको स्टार अस्पतालमा पुर्‍याइएको छ । घाइतेको अचेत अवस्थामा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्