Logo
४ मंसिर २०८१, मंगलबार
(February 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसलाई सभामुखले भने- ‘अदालतमा गएको विषयलाई संसदले केही गर्न सक्दैन’

काठमाडौं : सभामुख अग्नी सापकोटाले अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

काङ्ग्रेसका सांसद्हरुको यसअघि पनि गएको बुधबार र बिहीबारको बैठक अवरुद्ध गरेका थिए ।

काङ्ग्रेसले आइतबारको संसद् बैठक पनि चल्न नदिएपछि सभामुख सापकोटाले अदालतमा गइसकेको विषयमा व्यवस्थापिका संसदले केही गर्न नसक्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।

संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै सभामुख सापकोटाले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने बताए ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै काङ्ग्रेसले विरोध गर्दै आएको छ ।

काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि काङ्ग्रेसले विरोध जनाउँदै आएको छ ।

प्रकाशित मिति: Feb 9, 2020

प्रतिक्रिया दिनुहोस्