स्यान्डविच चोरेको आरोपमा कर्मचारी निलम्बित
अन्तर्राष्ट्रिय वित्तिय संस्था सिटी बैंकले कर्मचारीको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा भारतीय मूलका एक आफ्ना वरिष्ठ कर्मचारीलाई निलम्बित गरेको छ ।
सानो घटनालाई लिएर यस प्रकारको कारबाही गरिएकोमा लन्डनको आर्थिक वृत्तमा चर्चाको विषय बनेको छ । उनले कतिवटा स्यान्डविच चोरेको हो भन्ने स्पष्ट भएको छैन ।
३१ वर्षीय पारस सिटी बैंकको लन्डनस्थित केनेरी ह्वार्फस्थित मुख्यालयमा कार्यरत थिए । नेपाल समाचारपत्रमा खबर छ ।