Logo
४ मंसिर २०८१, मंगलबार
(February 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशीको आकर्षण केन्द्र ठमेलको सडकमा सुधार ल्याउनुपर्छ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन कुनै कमीकमजोरी हुन नदिन सरोकारवाला सबै पक्षसगँ समन्वय गरेर काम गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले अन्तरराष्ट्रियजगत्मा नेपालको पर्यटन प्रवद्र्धनका लागि उत्साहजनक सन्देश पु¥याउन गृहकार्य भइरहेको जानकारी दिए ।

मन्त्री भट्टराईले भने, “नठानेको र नसोचेको विषय कोरोना नोवल भाइरसले केही असर पु¥याएको छ, पर्यटन वर्षका लागि जनशक्ति र स्रोत हामीसँग कमै छ, तथापि, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सरसफाइ, भौतिक पूर्वाधार निर्माण र अध्यागमन कार्यालयमा कामका हिसाबले निकै सुदृढ देखिएको छ ।

मुलुकमा पर्यटन प्रवद्र्धनका सन्दर्भमा सन् २०२० लाई सिकाइ र अनुभव लिने वर्षका रुपमा लिएर विशेषज्ञले बनाउने कार्ययोजनाका आधारमा २०२० देखि ३० को समयलाई पर्यटन दशकका रुपमा मनाइन लागेको उनले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको हुँदा पर्यटन विकास क्षेत्रको विकासका लागि तीनै तहका सरकारको समन्वयमा कार्यक्रम बनाएर काम गर्न सुझाव दिए ।

उनले भने, “नेपाल घुम्न आउने पर्यटकको आकर्षणको केन्द्र ठमेलमा खाल्टा, हिलो र धुलोबाट ग्रस्त छ, यसमा सुधार ल्याउनुपर्छ, पर्यटकप्रति गरिने व्यवहार संस्कार युक्त हुनुपर्छ, पर्यटकका लागि सुरक्षा, सजिलो पूर्वाधार, सफासुग्घर र हरियाली वातावरण, उत्सुकता लाग्ने नयाँ चीज वस्तु हामीले दिनुपर्छ ।”

प्रकाशित मिति: Feb 5, 2020

प्रतिक्रिया दिनुहोस्