Logo
४ मंसिर २०८१, मंगलबार
(February 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसले भ्रमण वर्षमा ठेस लाग्यो : अध्यक्ष प्रचण्ड

पोखरा : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको महामारी सबै मिलेर नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

बुधबार पोखरामा पर्वतारोहण संघले गरेको विश्व शान्ति समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा प्रमाणित रुपमा कोरोना भाइरस संक्रमित कोही पनि नभएको बताउँदै उनले महामारी फैलिन नदिँन सबै मिलेर नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

कोरोनाभाइरस संक्रमण फैलिएपछि चिनियाँ पर्यटक नेपाल आएका छैनन् । अध्यक्ष प्रचण्डले चीनबाट फैलिएको कोरोनाभाइरसले नेपाल भ्रमण वर्ष २०२० लाई असर र्पुयाएको बताए ।

‘हामी नेपाल भ्रमण वर्षमा छौं । चीनमा देखिएको कोरोनाभाइरसले थोरै असर पुगेको छ,’ उनले भने, ‘चीनियाँ सरकारले झण्डैझण्डै चमत्कारजस्तै गरेर अस्पताल बनाउने र भ्याक्सिन बनाउने काम गरिरहेको छ । चीनमा पनि छिट्टै नियन्त्रणमा आउँछ र वातावरण सहज हुन्छ ।’

नेपालमा कोरोनाभाइरस संक्रमित प्रमाणित रूपमा अहिलेसम्म कोही पनि नरहेको बताउँदै प्रचण्डले भने, ‘नेपालमा प्रमाणित रूपमा कोही पनि कोरोनाभाइरस संक्रमित छैनन्, सरकारले उद्धारको कदम चालिसकेको छ । त्रसित हुनुपर्ने स्थिति छैन ।’

प्रकाशित मिति: Feb 5, 2020

प्रतिक्रिया दिनुहोस्