बाजुरामा भाइरल ज्वरोले गाउँका २ सय १५ जना एकैसाथ बिरामी !
जिल्लाको पूर्वी क्षेत्रस्थित हिमाली गाउँपालिका–६ बोल्डिक गाउँ नै रूघाखोकी र भाइरल ज्वरोले प्रभावित भएको छ ।
विगत एक सातादेखि फैलिएको रूघाखोकी र भाइरल ज्वरोले गाउँका २ सय १५ जना एकैसाथ बिरामी परेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
९० परिवार बसोबास रहेको सो गाउँका सबै बालबालिका रूघाखोकी र भाइरल ज्वरोका कारण बिरामी भएपछि पठनपाठनमा समेत प्रभावित भएको छ । राजधानी दैनिकमा खबर छ ।