Logo
४ मंसिर २०८१, मंगलबार
(February 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठगिको आरोपमा संसद पावती डी.सी विरुद्ध संसद सचिवालयमा निवेदन दर्ता

ठगिको आरोपमा सांसद पावती डी.सी विरुद्ध संसद सचिवालयमा निवेदन दर्ता गरिएको छ ।
प्रतिनिधिसभाकी सदस्य पार्वती डी.सी. चौधरीले आफूहरुबाट रकम लिएर फिर्ता नदिएको आरोप लगाउँदै दुईजनाले आवश्यक कारवाही मागसहित संसद सचिवालयमा निवेदन दिएका छन् ।
सांसद चौधरीले आफूहरुबाट २०७४ सालमा तीन लाख र पाँच लाख रुपैयाँ गरी कुल ८ लाख रुपैयाँ लिएको भए पनि हाल आएर सो रकम फिर्ता दिन आनाकानी गरेको आरोपसहित कांग्रेस कार्यकर्ता लिलाबहादुर थापा र कृष्णराज पाण्डेले संसद सचिवालयका महासचिवलाई सम्बोधन गरी निवेदन दिएका हुन ।
निवदेक मध्ये हाल दाङको गढवा गाउँपालिका कांग्रेस समितिको उपसभापति रहेका कृष्ण पाण्डेले एभरेष्ट बैंकमा रहेको सांसद चौधरीको खातामा २०७४ अशोज २६ गते तीन लाख रुपैयाँ जम्मा गराएको भनी दाबी गरेका छन् ।
यस्तै कांग्रेस क्रियाशिल सदस्य रहेका लिलाबहादुर थापाले २०७४ अशोज १७ गते सांसद चौधरीकी छोरीको लक्ष्मी बैंकमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरी रोखेको दाबी गर्दै निवेदन दिएका हुन् ।
पटक–पटक चौधरीसँग पैसा फिर्ता माग गर्दा पनि आफूहरुले नपाएपछि न्यायका लागि सम्भव भएसम्मका सबै निकायमा जाने क्रममा संसद सचिवालयमा निवेदन दिएको कृष्ण पाण्डेले बताएका छन् ।

प्रकाशित मिति: Feb 4, 2020

प्रतिक्रिया दिनुहोस्