झारफुकको बहानामा कोठामा लगेर १४ वर्षीया बलात्कार
एक १४ वर्षीया बालिका बलात्कार गर्ने एक भारतीय नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
अत्यधिक रक्तश्रावका कारण पीडित घाइते बालिकालाई कलैया अस्पतालमा उपचारपछि हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
बिरामी बालिकालाइ झारफुक गर्ने बहानामा पीडितकोे कोठामा लगेर बलात्कारपछि आफन्त र स्थानीयले नियन्त्रणमा लिएका भारतका राजस्थान, बुन्दी जिल्लास्थित सिनता घर भएका वर्ष ५३ का रामेश्वर भन्ने हरिनारायण शर्मालाई प्रहरीले काल्हवी नगरपालिका वडा नम्बर ११ रामपेवाबाट आइतवार राति पक्राउ गरको हो ।
झारफुक गर्न भन्दै घरको कोठामा लगेर बलात्कार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको शर्मालाई आफन्त र स्थानीयले राति ११ बजे इलाका प्रहरी कार्यालय काल्हवीबाट पुगेुको प्रहरी टोलीलाई बुझाएका हुन । नेपाल समाचारपत्रमा खबर छ ।