Logo
४ मंसिर २०८१, मंगलबार
(February 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोवल कोरोना संक्रमण :चीनबाहिर दोस्रो कोरोनाभाइरस संक्रमितको मृत्युः चीनबाट ल्याएपछि १४ दिन निगरानीमा

हङकङमा कोरोनाभाइरसबाट संक्रमित एक ३९ वर्षीय बिरामीको मृत्यु भएको छ । यस भाइरसको संक्रमणबाट हङकङमा कसैले ज्यान गुमाएको यो पहिलो घटना हो ।
हङकङको क्वाइ चुङमा रहेको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचाररत उनको मङ्गलबार बिहान हृदयघातका कारण भएको साउथ चाइना मर्निङ पोष्टले तीनवटा स्रोतको हवाला दिँदै समाचार प्रकाशित छ ।

चीनको वुहानबाट सुरु भएको यस खतरनाक भाइरसबाट संक्रमित हुने उनी हङकङका १३ औँ बिरामी थिए ।

उनी गत जनवरी २१ मा हुबेईको वुहान पुगेर दुई दिनपछि ग्वानझाओ–सेन्जेन–हङकङ एक्सप्रेस रेलमार्गबाट हङकङ फर्किएका थिए

चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निमोनिया गराउने नोवल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ । उक्त घोषणापछि सबभन्दा जोखिम रहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ ।

वुहानबाट ६२ सहित हुवेई प्रान्तका अन्य मुख्य सहरबाट समेत गरी १ सय ८० विद्यार्थीलाई ल्याउन लागिएको हो।
आइसोलेसन (पृथकीकरण) र क्‍वारेन्टाइन भनेको संक्रामक रोगको विस्तार कम गर्न जनस्वास्थ्यअन्तर्गत अपनाइने प्रक्रिया हो । यसमा संक्रामक रोग भएकालाई स्वस्थ व्यक्तिको सम्पर्कभन्दा अलग राखेर सुरक्षा उपकरणले सुसज्जित विशेषज्ञबाट उपचार गरिन्छ । सर्ने रोगको सम्पर्कमा आएका स्वस्थ व्यक्तिलाई पनि यहाँ छुट्टै राखेर अन्य व्यक्तिसँग हिमचिम हुन दिइँदैन । उनीहरू बिरामी परे–नपरेको जान्न परीक्षण गरिनेछ ।

हालसम्म एक जना मात्र संक्रमित

स्वास्थ्य मन्त्रालयले मुलुकमा हालसम्म एक जनाबाहेक अन्यमा नोवल कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ ।

प्रकाशित मिति: Feb 4, 2020

प्रतिक्रिया दिनुहोस्