केन्द्रीय कमिति बैठक आजै सक्ने नेकपाको तयारी, बालुवाटारमा रात्रिभोज
काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसदहरुलाई आइतबार साँझ ६ बजे रात्रिभोज दिइने भएको छ ।
नेकपाका एक केन्द्रीय सदस्यले बताएअनुसार साँझ ६ बजे रात्रिभोजका लागि सवै केन्द्रीय सदस्य तथा सांसदहरुलाई बालुवाटारमा निमन्त्रणा गरिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले जारी केन्द्रीय समिति बैठक आजै समापन गर्ने निर्णय समेत गरिएको छ ।
बैठक सकिएपछि नेताहरु जिल्ला फर्कने भएकाले आजै सबैलाई समेटेर रात्रिभोजको व्यवस्था गरिएको बालुवाटार स्रोतले जनाएको छ ।