गण्डकी प्रदेशमा युरो मापदन्डका नयाँ गाडीद्वारा ट्रायल दिने व्यवस्था
गण्डकी प्रदेशमा ड्याटसन कम्पनीको युरो मापदन्डका नयाँ गाडीद्वारा ट्रायल दिने व्यवस्था गरिएको छ ।यस अगाडि कारको सवारी चालक अनुमतिपत्रका लागि तीन सय रुपियाँ शुल्क लाग्नेमा नयाँ व्यवस्थापनमा २४ रुपियाँमा ट्रायल दिन पाइने व्यवस्था पनि गरिएको छ ।
सनराइज ड्राइभिङ स्कुलअन्तर्गत कुसुम सप्लायर्स गण्डकीको व्यवस्था कार्यालय सो र यातायात सहकार्यमा सेवा भएको हो । सवारी चालक अनुमतिपत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्ले, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका नायब उपरीक्षक टेकबहादुर कार्की, सनराइज ड्राइभिङ स्कुलका अध्यक्ष वसन्त भट्टचन र दीपक गुरुङले संयुक्तरूपमा नयाँ व्यवस्थापनसहितको ट्रायल दिने सुविधाको उद्घाटन गरे।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्लेले नयाँ मोडेलका गाडीले ट्रायल दिंदा केही समय पास हुने रिजल्ट राम्रो न आए पनि टोर्घकालीन रूपमा समाज सडकमा समेत राम्रो प्रभाव पर्ने बताए। गोरखापत्र दैनिकमा खबर छ ।