Logo
३० चैत्र २०८१, आईतबार
(December 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाह पाइराख्नुस्: भिडियो कलको लागि कुन एप सस्तो ?

maxresdefaultव्हाट्स एपले हालै मात्र भिडियो कलिङ फिचर ल्यायो। यसले भिडियो कलिङको सुविधालाई व्यवस्तित बनाएको छ। तर व्हाट्स एप मात्र भिडियो कल सुविधा दिने एक्लो एप भने होइन। स्काइप र एप्पलको फेस टाइम यसको लागि उत्तिकै लोकप्रिय छन्।

स्काइप पहिलो यस्तो भिडियो कल एप हो जसको प्रयोग करोडौंले गरिरहेका छन्। तर यसमा कलिङ गर्दा डाटा भने धेरै नै खर्च हुने गर्छ।

व्हाट्सएप, स्काइप र एप्पल फेस टाइम मध्ये कुनमा धेरै इन्टरनेट डाटा खर्च होला यहाँ जान्न खोजिएको छ। जसको लागि तीनै वटा एपबाट ४ मिनेट भिडियो कल गरेरे हेरियो। जस अनुसार एप्पल फेस टाइममा सबै भन्दा कम डेटा खर्च भयो। ४ मिनेटको भिडियो कलमा करिव ८.८ मेगाबाइट डाटा प्रयोग भएको थियो।

व्हाट्स एपमा करीब १२.३ मेगाबाइट डाटा खर्च भयो भने स्काइपमा करीब १२.७४ मेगाबाइट डाटा प्रयोग भयो। क्वालिटीमा पनि व्हाट्सएप र स्काइपको भिडियो फेसटाइमको भिडियो भन्दा कमसल देखिए।

प्रकाशित मिति: Dec 4, 2016

प्रतिक्रिया दिनुहोस्