Logo
३ आश्विन २०८१, बिहीबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगाना मनोनित

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावी मिति घोषणा गरेपछि नेपाली कांग्रेसले निष्क्रिय अवस्थामा रहेको नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजिव ढुंगानालाई मनोनयन गरेको छ ।

कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको सहमतिअनुसार सुनसरीका स्थायी बासिन्दा ढुंगानालाई आज सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनीत गरेका हुन् ।

देउवाले काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई नेविसंघको महामन्त्रीमा मनोनीत गरेका छन । नेविसंघको तदर्थ समिति १ सय २७ सदस्यीय बनाउने सहमति छ।

संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन पनि चाँडै हुने कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नवगठित तदर्थ समितिले मनोनीत भएको मितिले ६ महिनाभित्र नेविसंघको १२ औं केन्द्रीय अधिवेशन गराउनु पर्नेछ । अर्कातर्फ त्रिविले आगामी फागुन १४ गतेका लागि स्ववियू चुनावको मिति सार्वजनिक गरेकाले त्यसको तयारीमा समेत जुट्नु पर्नेछ ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्