सभामुख सापकोटाविरुद्धको मुद्दामा बहस हुँदै
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको पेसी आज पनि इजलासमा परेको छ । सो मुद्दाको पेसी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको हो ।
यसअघि न्यायाधीश हरि फुयाँलको इजलासमा यो मुद्दा परेको थियो । फुयाँलले हेर्न नमिल्ने भन्दै मुद्दा पन्छाएपछि न्यायाधीश मल्लको इजलासमा मुद्दा परेको थियो ।
सापकोटालाई वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले व्यक्ति हत्यामा संलग्नलाई सभामुख बनाउन लागिएको भन्दै रिट दायर गरेका थिए ।
मुद्दाको पेसी तोकिएको तेस्रो दिन पुनः यो मुद्दा न्यायाधीश सपना प्रधान मल्लकै इजलासमा परेको हो । सभामुखमा सापकोटाले कार्यभार सम्हालीसकेका छन् ।