Logo
३ आश्विन २०८१, बिहीबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिडिया काउन्सिल विधेयक : दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति

मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हटाउने सहमति जुटेको छ । संसदको विधायन समितिले दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति जुटाएको हो ।

सरकारले ल्याएको विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई मिडिया काउन्सिलले २५ हजारदेखि १० लाख रुपैयाँसम्म् जरिवाना गर्ने सक्ने व्यवस्था थियो । यसको नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रले विरोध गरे ।

समितिका सभापति परशुराम मेघी घुरुङका अनुसार विधेयकमा मिडिया काउन्सिलले सिफारिस गर्न सक्ने मात्र व्यवस्था रहनेछ । र, यो विधेयक सोमबार नै समितिबाट पारित गर्ने तयारी छ ।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्