Logo
३ आश्विन २०८१, बिहीबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख सापकोटाको शपथ रोक्न माग गर्ने १२ अधिकारकर्मी पक्राउ

सभामुखमा निर्वाचित अग्नि सापकोटालाई शपथ ग्रहण नगराउन माग गर्दै प्रदर्शन गरिरहेका १२ जना अधिकारकर्मी काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मानवअधिकारकर्मी चरण प्रसाईं, पूर्णिमाया लामा, इन्द्र अर्याल, राजन कुइँकेल, महामुनिश्वर आचार्य, जनक राउतलगायत छन् । उनीहरूलाई महाराजगञ्ज प्रहरीमा राखिएको छ ।

उनीहरूलाई राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । केही बेरमा सभामुख सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

अधिकारकर्मीहरुले हत्याका आरोपित व्यक्तिलाई सभामुखलाई शपथ ग्रहण नगराउन माग गरेका छन् ।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्