उपसभामुखको विषयमा नेकपासँग अहिलेसम्म केही कुरा भएको छैन : महतो
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले उपसभामुखको विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग छलफल नभएको बताएको छ ।
आइतबार सभामुख निर्वा्चित भएपछि संसदमा पत्रकारसँग प्रतिक्रिया दिँदै महतोले उपसभामुखको विषयमा अहिलेसम्म सहमति नभएको बताए । उनले भने, उपसभामुखको विषयमा नेकपासँग ‘अहिलेसम्म केही कुरा भएको छैन ।’
आफूहरुले उपसभामुखका लागि दावी नगरेको महतोले जिकिर गरे । उनले भने ‘दियो भने त ठीकै छ धन्यवाद दिउँला ।’
नेकपासँग बहुमत रहेकाले उसले जुन पार्टीलाई प्रस्ताव गर्छ उसैले उपसभामुख पाउने उनको भनाइ छ । ‘फरक पार्टी फरक लिंगलाई दिनुपर्ने हो । उहाँहरुको बहुमत छ, जुन पार्टीलाई प्रस्ताव गनुहुन्छ सो पार्टीको पाउँछ’ उनले भने ।