Logo
५ मंसिर २०८१, बुधबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ रोगबारे सरकारलाई सूचना नै दिँदैनन् अस्पताल-नीति निर्माणमा प्रत्यक्ष असर

चिकनगुनिया भाइरस स्सन् २०१३ मा धादिङमा पहिलोपटक देखापरेको थियो । पछिल्लोपटक चितवन र काठमाडौंमै पनि देखापरेको छ । तर, चिकनगुनियाका कारण नेपालमा कति मानिस बिरामी हुन्छन् भनेर कुनै पनि सरकारी निकायमा तथ्यांक छैन । यो भाइरस डेंगु सार्ने ‘एडिस अजिप्टाइ र अल्बोपिक्टस’ नामक लामखुट्टेको टोकाइबाट सर्छ । अचानक ज्वरो आउनु र अत्यधिक जोर्नी दुख्नु यसका मुख्य लक्षण हुन् । चिकनगुनियाका कारण नेपालमा हालसम्म तीनजनाको मृत्यु भएको छ । तर, हाल यसको अवस्था के छ भन्ने कुनै आधिकारिक जानकारी छैन । डेंगुको महामारीसँगै चिकनगुनिया पनि फैलिइरहेको हुन सक्ने चिकित्सकहरू आशंका गर्छन् ।

 

वेस्ट नाइल भाइरस स्सन् २००९र२०१० मा काठमाडौं र भरतपुरमा देखिएको थियो । तर, यसको अवस्थाबारे सरकारसँग कुनै तथ्यांक छैन । चिकित्सकहरूका अनुसार अहिले वेस्ट नाइल भाइरसको परीक्षणसमेत हुँदैन । यो क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट हुन्छ । यसले हात्तीपाइलेको जीवाणु फैलाउँछ । ८० प्रतिशतभन्दा बढीमा यसको लक्षण नै नदेखिने हुनाले प्रकोप वा महामारी नदेखिएको पनि हुन सक्ने चिकित्सकहरू बताउँछन् । यसले स्नायु प्रणालीमा असर पारी मृत्यु गराउँछ । यो भाइरस चराबाट लामखुट्टे हुँदै मानिसमा सर्छ । वेस्ट नाइल भाइरसले उच्च ज्वरो आउने, घाँटी कडा हुने, हात काम्ने, पहिचान गर्ने क्षमता कमजोर हुने र बिरामी कोमामा जाने हुन्छ ।

चन्दिपुरा भाइरस स् सन् २०१५ मा मोरङ, सुनसरी, सप्तरी, मकवानपुरमा पहिलोपटक चन्दिपुरा भाइरस देखियो । तर, नियमित परीक्षण नहुँदा हाल यसको अवस्थाका बारेमा चिकित्सक अनविज्ञ छन् । चन्दिपुरा भाइरस नेपालमा देखिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा यसको कुनै रेकर्ड छैन । यसले विशेष गरेर स्नायु प्रणालीमा असर पार्ने गर्छ । अचानक उच्च ज्वरो आउनु, अर्धचेत हुनु, अचानक चालचलन र व्यवहारमा परिवर्तन आउनु, पखाला लाग्नु र बान्ता भई संक्रमित व्यक्तिको मृत्यु हुने गर्छ । यो भाइरसबाट संक्रमित व्यक्तिको लक्षण देखिएको २४ घन्टाभित्र मृत्यु हुन्छ ।

स्वाइन फ्लु स्स्वाइन फ्लु काठमाडौंमा सन् २००९ मा पहिलोपटक देखिएको थियो । त्यसयता हरेक वर्ष देखिँदै आएको छ । यो एचवानएन वान पिडिएम सन् २००९ फ्लु भाइरस हो । यो सन् २००९ देखि नै नेपालमा लगातार देखिँदै आएको छ । विशेष गरेर जाडो महिना र मनसुन सिजनमा बढी देखिने गर्छ । सरकारी तथ्यांकअनुसार सन् २०१९ मा १ सय ८० जनामा यसको संक्रमण देखिएको छ । तर यसको आधिकारिक तथ्यांक भने मन्त्रालयमा छैन । यसको खोप पनि उपलब्ध छ ।

लाइम डिजिज स्सन् २०१७ मा पोखरामा पहिलोपटक देखिएको थियो । यसको निदान गर्ने विधि नेपालमा नभएकाले जाँच गर्न गाह्रो हुने डा। शेरबहादुर पुन बताउँछन् । हाल यसको अवस्थाका बारेमा कुनै जानकारी छैन । लाइम डिजिज नेपालमा सबैभन्दा पहिला पत्ता लगाएको सरुवा रोग हो । यो इक्जोडिस नामक किर्नाको टोकाइले सर्छ । सुरुमा ज्वरो आउने, जिरिङ हुने, टाउको दुख्ने, आलस्य हुने, जोर्नी दुख्ने हुन्छ । यसबारे स्वास्थ्य मन्त्रालयसँग कुनै तथ्यांक छैन ।

स्क्रब टाइफस स्सन् २०१५ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा केही बालबालिकाको मृत्यु भएको थियो । स्क्रब टाइफस नेपालको विशेष गरेर सुदूरपश्चिमको तराईमा बढी देखिने गरेको छ । सरकारी तथ्यांकअनुसार सन् २०१९ मा मात्रै १६ सय ६९ जनामा देखिएको छ । उच्च ज्वरो, टाउको दुख्नु, आँखा रातो हुनु, लिम्फग्रन्थी सुन्निनु, श्वासप्रश्वासमा अवरोध हुनु मुख्य लक्षण हुन् । यो माइट भन्ने किर्नाको टोकाइबाट सर्छ । यो रोग ओरियनटा सुसुगामुसी नामक ब्याक्टेरियाका कारण हुन्छ । यो काठमाडौंमा समेत देखिन थालेको छ ।

चिकित्सक र अस्पतालले बिरामीको सम्पूर्ण विवरण नराख्दा महामारीजन्य रोग नियन्त्रणमा समस्या देखिएका यी केही उदाहरण हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सरकारी तवरका ठूला अस्पतालहरूले नै बिरामीमा देखिएको नयाँ रोगबारे सरकारलाई प्रस्ट जानकारी नदिँदा सरकार बेखबर छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्यांक अधिकृत कृष्णराज पाण्डेका अनुसार सरकारी तवरका ठूला अस्पतालले नै रोगबारे सरकारलाई औपचारिक जानकारी दिँदैनन् । देशभर ११८ अस्पतालहरू रिपोर्टिङमा आबद्ध छन् । तर, थोरै मात्र अस्पतालले रिपोर्टिङ गराउँदै आएको महाशाखाका तथ्यांक अधिकृत पाण्डेले बताए । सन् २०१९ मा सरकारको नियमित रिपोर्टिङमा डेंगुको संक्रमण देशभर ६९८ जनामा देखिएको छ । तर, महाशाखा आफैले तयार पारेको रिपोर्टमा १५ हजारभन्दामाथि प्रभावित भएको उल्लेख छ ।

पाण्डेका अनुसार नियमित रूपमा ठूला अस्पतालले बिरामीको विवरण नपठाउँदा नीति निर्माणमा समेत प्रत्यक्ष असर परेको छ । विभिन्न रोगबारे अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई खबर गर्नुपर्छ । तर, आस गरेका अस्पतालले नै रिपोर्ट गर्दैनन् । चिकित्सकहरूले बिरामीको रोगको अवस्थाबारे स्पष्ट लेख्दैनन् । आफूले हेरेका हरेक बिरामीको रेकर्ड ढड्डामा राख्नुपर्छ । बिरामीको रिपोर्टिङ टुल्स प्रयोग नगर्दा नयाँ देखिएका रोगबारे सरकार सधैँ बेखबर हुँदै आएको उनी बताउँछन् ।

महाशाखाका अनुसार नयाँ रोग देखिए बिरामी र डाक्टरलाई मात्रै जानकारी हुन्छ, सरकारलाई हुँदैन । त्यसैले महामारीको रूप लिन पुग्छ । बिरामीको चापका कारण रेकर्ड टुल्स प्रयोग गर्न भ्याइँदैन, त्यसैले तथ्यांक समयमा उपलब्ध नहुँदा प्रकोप नियन्त्रणका लागि कार्ययोजना तय गर्न कठिन हुन्छ । विवरण पठाउन सकेनौँ, ठूला अस्पतालका मेडिकल रेकर्डरको भनाइ उद्धृत गर्दै पाण्डेले भने । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्