Logo
९ माघ २०८१, बुधबार
(January 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यही माघ १८ गतेदेखी बुद्ध एयरले उडान गन्तव्य विस्तार गर्दै

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ ।

कम्पनीले यही माग १८ गते शनिबारदेखि पदेश नं २ को राजविराजमा उडान शुरु गर्दैछ भने क्षेत्रीय उडानका रुपमा माघ २० गतेदेखि विराटनगरबाट पोखरा उडान सञ्चालन गर्ने जनाएको छ ।

बुद्धले काठमाडौँ–राजविराज दैनिक उडान गर्नेछ । उडानको समय काठमाडौँबाट ११ः२५ र राजविराजबाट १२ः२० निर्धारण गरिएको विज्ञप्तिमार्फत जनाएको छ । यो गन्तव्यको उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ ।

राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्नेछ । दैनिक उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत टेवा पुग्ने कम्पनीको विश्वास छ ।

राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ ।

राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने जनाइएको छ । राजविराज विमानस्थलमा निजी क्षेत्रको अर्को वायु सेवा प्रदायक कम्पनीले सातामा तीन दिन उडान गर्दै आएको छ ।

बुद्ध एयरले क्षेत्रीय उडान विस्तारका क्रममा पोखरा–विराटनगर रुटमा पनि उडान गर्न लागेको छ । यो गन्तव्यमा उडान अवधि एक घण्टा पाँच मिनेटको हुनेछ । यो रुटमा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान हुने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले क्षेत्रीय उडानका रुपमा यसअघि पोखराबाट चितवन र भैरहवा उडान गर्दै आएको छ । बुद्ध एयरसँग एटिआर ११ र दुई बिजक्राफ्ट गरी १३ जहाज सञ्चालनमा छ ।

प्रकाशित मिति: Jan 25, 2020

प्रतिक्रिया दिनुहोस्