प्रधानाध्यापकद्वारा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार
विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका छन्।उनीहरू आफूलाई अध्यापन गराउँदै आएका मदरसाका मोलबीबाट दुव्र्यवहारको शिकार भएको बताएका छन्।
विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका हुन्। सो मदरसाका प्रधानाध्यापकसमेत रहेका मोलवी अमिरुद्दिनबाट आफूहरू यौन दुव्र्यवहारको शिकार भएको छात्राहरूले बताएका छन्।
मोलवी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ। मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जा“दा मोलवी अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको पीडित छात्रामध्येकी एकको भनाइ छ।
माघ ८ गते बुधबार, यौन दुव्र्यवहार भएपछि पीडित छात्रा बिहीबार मदरसा जान मानेकी थिइनन् । उनकी आमाले मदरसा जानैपर्ने जोड गरेपछि पीडित बालिकाले आफ्नी आमालाई मोलवीले गरेको दुव्र्यवहारको विषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।
मोलवी अमिरुद्दिनले यसअघि गएको माघ ७ गतेसमेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक छात्रालाई समेत यौन दुव्र्यवहार गरेको खुलासा भएको छ।
दैनिक ६ बजेदेखि ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्दिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुव्र्यवहार गरेको पीडित छात्राले बताएकी छिन्।
२०६४ सालदेखि सो मदरसामा अध्यापन गराउ“दै आएका मोलवी अमिरुद्दिनले छात्राहरूलाई यसअघि पनि पटकपटक यौन दुव्र्यवहार गर्दै आएको स्थानीयले बताएका छन्। कयौं पटक घटना घटाए पनि स्थानीयस्तरमै मिलापत्र गरेर घटना ढाकछोप गरिएको स्थानीयले दाबी गरेका छन्।
पीडितका आफन्तले घटनाका विषयमा प्रहरीलाई जानकारी गराएपछि आरोपीका छोराहरूले तरबार देखाउँदै धम्क्याएको पीडितका आफन्तको भनाइ छ।
घटनाको विषयमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन्। उजुरी आएको पुष्टि गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी लोकदर्शन थापाले आरोपीविरुद्ध बालयौन दुव्र्यवहारको मुद्दा अघि बढाइने जानकारी दिनुभयो। उहाँले आरोपीको खोजी गर्न प्रहरी खटिए पनि घरमा फेला पर्न नसकेको बताए। नेपाल समाचारपत्रमा खबर छ ।