सभामुख पदका लागि अग्नि सापकोटाको उम्मदवारी दर्ता, कांग्रेसले नदिने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् अग्निप्रसाद सापकोटाले आज मंगलबार सभामुखका लागि मनोनयन दर्ता गराएका छन् । लामो कसरतपछि नेकपाले सभामुखको उम्मेदवार चयन गरेको हो ।
सापकोटाले नेकवा संसदीय दलका उपनेता सुवास नेम्बाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।
तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डको आरोपमा जेल परेपछि सभामुख पद चार महिनादेखि रिक्त छ। सभामुखमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ।
सभामुखका लागि माघ १२ मा निर्वाचन हुनेछ। सांसद सापकोटाको मात्रै उम्मेदवारी परेको खण्डमा सापकोटा स्वतः सभामुख हुनेछन्।