Logo
५ मंसिर २०८१, बुधबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल–भारत एकीकृत जाँच आईसीपीको उद्घाटन हुँदै, दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिने

नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दु आईसीपीको आज दुवै देशका प्रधानमन्त्रीमार्फत उद्घाटन हुने भएको छ । मोरङको बुधनगरमा निर्माण सम्पन्न भयसँगै दुवै देशका प्रधानमन्त्रीमार्फत उद्घाटन हुने भएको हो । आईसीपी र निजी आवास हस्तान्तरण हुने बताइएको छ । जस्को लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फ्रेन्समा जोडिने छन् ।

भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजे प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा आईसीपीको उद्घाटन गर्ने बताइउको छ ।

आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका –१८ मा आईसीपी निर्माण गरिएको हो । आईसिपी सञ्चालनसँगै आयात–निर्यात सहज हुने ठानिएको छ ।नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ ।

यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको गरिएको छ । लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तररदक्षिणी राजमार्गसँग जोडिएको छ ।भारतीय सहयोगमा पुनर्निर्माण भएका निजी आवास गृहहरू हस्तान्तरण हुने आजै भएको छ ।

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्